चर्चामा लोकप्रिय गायक भागिरथको तिज गीत

सल्यान- तीज गित ‘थोपडाले धोका दियो बरिलै’ गित संगितको बजारमा चर्चामा आउन सफल भएको छ । गायक भागिरथ चलाउनेको यो गितले दर्शक तथा श्रोतको मन जित्न सफल भएको हो । गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षत्रीको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा समेत आउन सफल भएको छ । युट्युव ट्रेनिङको २९ स्थानमा रहेको तिज गित थोपडाले धोका दियो बरिलै मा टिकटकमा पनि धेरैले भिडियो निर्माण गरेका छन् । यस गितको भिडियोलाई भागिरथ चलाउनेले आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेका हुन् ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको यस गीतमा मोडेल करिश्मा ढकाल र गायक चलाउनेले उत्कृष्ट अभिनय गरेका छन् । गितमा रामु पोर्थेलको शब्द, संगीत रहेको छ । बिष्णु शर्माले सम्पादन गरेको भिडियो साई भिजन प्रालिको ब्यानरमा निर्माण भएको हो । सल्यानमा जन्मीएर देश विदेशमा आफ्नो चर्चा बढाउन सफल गायक भागीरथ चलाउनेले गित संगित क्षेत्रमा निरन्तर क्रियाशिल छन् । उनका हरेक श्रृजनाले चर्चा पाउने गरेका छन् ।

 

प्रकाशित मिति: २९ असार २०७८, मंगलवार १२:०४