पुस्कर ढुंगेलद्वारा निर्देशित सिरियल ‘भरिया’ सार्बजनिक

समाज कथा नै कथाले भरिएको छ । गीत गाउनेको कथालाई ‘गाइनेको कथा’ नदीको बगरमा गिट्टी कुट्ने/बालुवा चाल्नेको कथालाई ‘मजदुरको कथा’ र शहरबजारमा या पहाडका गोरेटाहरूमा पिठ्युँमा भारी बोक्नेको कथालाई ‘भरियाको कथा’ ।

यी कथाहरू मानिसको दैनिक जीवनयापनसँग प्रत्यक्ष जोडिएर सरोकार राख्दछन् । यसै क्रममा पुस्कर ढुंगेलद्वारा निर्देशित एउटा संघर्षको जिन्दगीलाई ‘भरिया’ शिर्षक दिएर एउटा श्रृंखला बजारमा आएको छ । पुस्कर ढुङ्गेलकै लेखन रहेको नेपाली सिरियल ‘भरिया’को “भरिया अफिसियल” युट्युब च्यानलमार्फत पार्ट १ सार्वजनिक भएको छ ।

सोनम “राजनेवा”ले सम्पादन गरेको भरियाका कार्यकारी निर्माता प्रेम नूवाकोटी रहेका छन् भने नवराज खड्काले यसलाई छायाङ्कन गरेका छन् । यसैगरी दिनेश दर्जीले कुशल व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेका छन् भने महेश जंग थापाले सहायक निर्देशन गरेका छन ।

भारी बोक्नेको कथा ‘भरिया’मा देशभक्त खनाल, रश्मि भट्ट, प्रविन खत्री, महेश थापा, नवीन आचार्य, कृष्ण कार्की, बिबीका दहाल, डबल बुढाथोकी, कबिता कटुवाल,दिनेश दर्जी आदीले अभिनय गरेका छन् ।

भिडियो

प्रकाशित मिति: २४ माघ २०७८, सोमबार २१:००