चर्चा बटुल्दै जानकी तारामीको–‘भेनाको जातैले’

सल्यान, १८ माघ ।

चर्चित लोक दोहोरी गायीका जानकी तारामी मगरले नयाँ गीत ‘भेनाको जातैले’ ल्याएकि छिन् । सार्वजनीक म्युजिक भिडियोमा जानकीकै स्वर, शब्द र संगित रहेको छ ।

उनलाई पुरुष स्वरमा सिद्धार्थ आले मगरले साथ दिएका छन् । गीतमा दोहोरी गायक श्याम राना, आरुषी मगर, विजय पुन(पथ्थरको मुटु) र सिर्जना मगरको अभिनय रहेको छ । भिडियोको निर्देशन राजकुमार मगरले गरेका छन् भने कोरियोग्राफी विजय बुढा मगरको छ ।

भिडियोको छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका हुन् । भिडियो जानकी तारामी मगरको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार १९:३५