विरामी सुनिलको रोग रक्षालाई भेटेपछि सन्चो होला त ? (हेर्नुस् भिडियो)

सल्यान –  नायिका तथा मोडल रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीको उत्कृष्ट अभिनयमा लोक दोहोरी गीत “सञ्चो होला की” सार्वजनीक भएको छ । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायिका कालिका रोकाको आवाजमा नयाँ गीत “सञ्चो होला की” बोलको गीत सार्वजनिक भएको हो ।

बाबुराम बोहोराको शब्द रहेको गीतमा खुमन अधिकारीको संगीत रहेको छ । गीतको भिडियो अलि फरक खालको बनेको छ । गीतमा रक्षा एक हस्पिटलकी नर्स बनेकी छन् भने सुनिल बिरामी भएर हस्पिटल भर्ना भएको देखाइएको छ । गीतमा युवावर्गको मनमा बस्ने खालका शब्दले मिठासपुर्ण बनेको छ ।

सुनिल क्षेत्रीले कोरीयोग्राफी र निर्देशन रहेको यस गीतलाई अमृत चापागाईको सम्पादन रहेको छ । गीतमा म्युजिक एरेञ्ज कमल सौरागको रहेको छ ।

https://www.youtube.com/watch?v=md6NU71xffg&feature=emb_title

प्रकाशित मिति: २४ पुष २०७६, बिहीबार १५:२१