जनक चन्दले कसलाइ भने तिम्राे तस्बिर यो दिलमा सजाउने मन छ ?

          गिति भावना 

तिम्रो तस्बिर यो दिलमा सजाउने मन छ !

तिम्रै नामको गजल गंगा बगाउने मन छ !!

 

आधी बेहरी तुफान संगै अघी बढन मन छ !

हिम्मत गर साथ दिन्छु यो मन सधै भन्छ !!

 

बर्षाद होला चट्यंगा पर्ला रत्ती डर छैन !

खहरे भेलको लाग्छ डर समुन्द्रको हैन !!

 

पहाड भित्र सुरूंग़ खोलि तिमिलाई लीन आउला

पंख फिजाइ पंक्षी बनि गगनमुनी संगै रमाउला !!

जनक चन्द, सल्यान

हाल अस्ट्रेलिया

प्रकाशित मिति: २५ पुष २०७६, शुक्रबार २१:१२