सीसीटीभी फुटेज बाहिरिएपछि आस्था रुदै लाईभमा, भन्छिन ‘म गलत छैन’ (भिडियाेसहित)

काठमाडाैं।गायिका आस्था  राउतले बिहीवार फेसबूक लाइभमार्फत प्रहरीलाई निकै तुच्छ शब्द प्रयोग गर्दै गाली गरिन् । यतिसम्म कि तल्लो तहका अर्थात् प्रहरी जवानलाई त अनेक भनिन् । उनले प्रहरीलाई ‘डन्ठे, पिपा र प्युसा’ त बारम्बार भनिरहिन् ।

प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बताएकी छन् ।शुक्रबार फेसबुक लाइभमा आउँदै गायिका राउतले महिला प्रहरीले दुर्व्यवहार गरेपछि आफ्नो मनोबल घटेको र मन दुखेको बताइन् । उनले भनिन्, ‘कुनै दम्भ पनि देखाएको छैन, डराएको पनि छैन् ।’

विमानस्थलमा कार्यरत महिला प्रहरीले आफूलाई गन्धी पाराले बोलेको बताउँदै गायिका राउतले भनिन्, ‘जसले भोग्छ त्यो मान्छेलाई मात्र थाहा हुन्छ । कोही कसैले पनि मैले जस्तो भोग्न नपरोस् ।’

यस्तो भएको थियो विमानस्थलमा (स्रोत–लोकन्तर)

शुक्रबार रुदैं लाईभमा आएकी आस्थाले प्रहरीले आफुमाथि गलत गरेको दाबी गरेकी छन् । आस्था प्रकरण बढ्दै गएपछि प्रहरीले पनि छानबिन प्रक्रिया अघि बढाईसकेको जनाएको छ । आस्थाको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेपछि प्रतिक्रिया पनि मिश्रीत रुपमा आएका छन् । विमानस्थलको सीसीटीभि भिडियो बाहिरिए संगै कतिले आस्थाले सहि गरेको भन्दै आस्थालाई साथ दिएका छन् । कतिले भने आस्थाको पनि व्यवहार गलत भएको दाबी गरेका छन् ।

नेपाल प्रहरीको व्यवहार यस्तै भएको भन्दै प्रहरीले आफ्ना जवान तथा अधिकारीहरुलाई विमानस्थल जस्तो ठाउँमा राख्दा नैतिक आचरणका कुराहरु सिकाएर राख्नु पर्ने बताएका छन् । कतिले भने प्रहरीको चेक गर्ने अधिकार भएको भन्दै उनीहरुको डिउटी गर्नदिनु पर्ने बताएका छन् ।

आस्थाको फेसबुक लाईभ

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार १६:०१