
काठमाण्डौँ – राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सोमबार रिलिज गरिएको छ । युवायुवती बीचको माया प्रेम र कमेडी धारमा चलचित्र निर्माण भएको ‘लभ डायरिज’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
चलचित्रमा सुशिल श्रेष्ठसगै नव–नायिका रुविना थापा ,विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतको अभिनय रहेको छ । ‘लभ डायरिज’ बाट रुविना थापाले अभिनयमा डेब्यू गर्दैछिन् ।
फागुन २ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ डायरिज’लाई विनोद सापकोटा निर्माण गरेका हुन् भने सरोज तुलाधरको सह निर्माता रहेका छन् ।
‘लभ डायरीज’को छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् । चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा छन् । साहिल र मिलन श्रेष्ठले चलचित्रलाई सम्पादन गरेका हुन् ।
प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार ०८:२३