मुटुबाट ढुकढुकीलाई, छुटाउने मन कसरी भो ?

गजल

प्रश्न ग¥यौ चोखो माया, टुटाउने मन कसरी भो ?
मुटुबाट ढुकढुकीलाई, छुटाउने मन कसरी भो ?

व्युँभिएँ म तिम्रो कठोर, रुँदै सोध्या यो प्रश्नले ।
सिसा सरी आफ्नै भाग्य, फुटाउने मन कसरी भो ?

हल्ला चल्यो, यो मन जल्यो, सोधि भ्याएँ मैले पनि ।
चोखो माया अर्कैसँग, लुटाउने मन कसरी भो ?

सक्दिन म एकपल पनि, तिमी विना एक्लै बाँच्न ।
नसोध्नु है दुई मुटुलाई, जुटाउने मन कसरी भो ?
नसोध्नु है ढुकढुकीलाई, छुटाउने मन कसरी भो ?

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार १४:५१