भरतमणी–शारदा साहित्य पुरस्कार सल्यानका डाँगीलाई

बलबहादुर वली

दाङ–लेखक संघ दाङले प्रजातन्त्र दिवसको अवसरमा बुधबार १५ जना साहित्यकर्मीलाई सम्मान गरेको छ । प्रजातन्त्र दिवसको अबसर पारेर हरेक वर्ष विविध कार्यक्रम गरी साहित्य क्षेत्रमा लागेका साहित्यकर्मीलाई विभिन्न विधामा पुरस्कार वितरण गर्ने गरेको लेखक संघ दाङले जनाएको छ ।

यस वर्ष साहित्य क्षेत्रमा निरन्तर लागेको भन्दै संघले डा.नवराज लम्साल,डा.होमलाल पन्थी,प्राध्यापक थानेश्वर गौतम,डा.सरस्वती पोख्रेल,निलम कार्की,सरद रेग्मी,गायत्री घर्ती मगर,अर्चितबाबु मर्सिफूल,विक्रान्त ज्ञवाली,विपि सेढायी,सुशिल गौतम लगायतलाई सम्मान गरेको छ ।

साहित्य पुरस्कार वितरण कार्यक्रममा सल्यानमा रहेर पनि साहित्य र संगीतमा निरन्तर लागेको भन्दै लेखक संघ दाङले यस वर्षको भरतमणी–शारदा साहित्य पुरस्कार सल्यानका शेरबहादुर डाँगीलाई प्रदान गरेको छ ।

डांगी पछिल्लो समय साहित्य संगै आधुनिक गायन,संगीत र अध्यापन कार्यमा निरन्तर सक्रिय छन् ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार १८:३३