कभर खबर

  • ८ फाल्गुन २०७६, बिहीबार ०८:३०

करुणाको कारुणिक साहित्य : “उनलाई चोखो माया दिनु, मैलाई धोका दिएपनि”

किन मलाई साँचो लाग्यो, तिम्रो झुटो माया पनि।
किन यती प्यारो लाग्यो, निष्ठुरीको छाया पनी ।।

धोका दिनु रैछ आखिर, मेरो मनमा छायौ किन ।
दुई दिनलाई खुसी दिन, यो जीवनमा आयौ किन ।।

देखावटी तिम्रो माया, विश्वास लाग्यो तिमीलाई हेर्दा ।
बल्ल आज थाहा भयो, तिम्ले अन्तै मन फेर्दा ।।

सुखै सँग बिताउ जीवन, मैले आँशु पिएपनी ।
उनलाई चोखो माया दिनु, मैलाई धोका दिएपनि ।।

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार ०८:३०