कभर खबर

  • ११ फाल्गुन २०७६, आईतवार १६:४९

बाबाछोरीको माया सम्बन्ध बाेकेकाे नयाँ गीत ‘मेरी छोरी’ बन्याे भाइरल (भिडियाे सहित)

काठमाडाैँ – लोक तथा दोहोरी गायक मेक्सम खातीको नयाँ गीत ‘मेरी छोरी’ भर्खरै मात्रै बजारमा आएको छ । नरेश खातीको शब्द,संगीत रहेको उक्त गीतमा बाबाछोरीबिचको माया सम्बन्धलाई कथा बनाईएको छ ।

गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथालाई मुख्यरुपमा उठान गरिएको छ । बाबाछोरीनै एकअर्काको सहारा र संसार बनेका तर छोरीको बिबाहपछि अर्कैको घरमा जाँदा बाबा एक्लै र छोरीलाईपनि पराई घरमा जान निकै गाह्रो भएको मिठो कथालाई कलाकार दिलिप रायमाझी, टिकटक भाइरल एभेलीना खड्का र दिया जीसिले अभिनयमार्फत् उतार्नुभएकाे छ ।

गीतमा मेक्सम खाती र माण्डबी त्रीपाठी र दिपिका कँडेलको आवाज रहेको छ । क्रान्ती केसीको निर्देशन रहेको गितमा निराजन केसीले निर्देशन सहयाेग गर्नुभएकाे छ ।  जसमा क्यामरामा अजय रेग्मी हुनुहुन्छ भने उहाँलाइ शिवसरण न्याैपानेले सहयाेग गर्नुभएकाे छ । युट्युवमा गित सार्वजनिक भएकाे तिन दिन नवित्दै साढे ३ लाखले हेरिसकेका छन् । गीतलाई दिपिका म्युजिकको अफिसियल युट्युवमार्फत बजारमा सार्वजनिक गरिएको हो ।  गीतले सबैको मन जितोस हाम्रो शुभकामना । गित हेर्नका लागी तलकाे भिडियाेमा क्लीक गर्नुहाेस । 

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आईतवार १६:४९