कभर खबर

  • १५ फाल्गुन २०७६, बिहीबार १२:२८

फागुन २२ गतेदेखि दाेस्राे बृहत चाैरजहारी महाेत्सव सञ्चालन हुने

प्रचण्ड खत्री / रुकुम पश्चिम्
फागुन २२ गतेदेखि चैत्र २ गतेसम्म रुकुम पश्चिमकाे चाैरजहारीमा दाेस्राे बृहत चाैरजहारी महाेत्सव सञ्चालन हुने भएको छ । चाैरजहारी उद्योग वाणिज्य संघ र चाैरजहारी नगर संगित समितिको संयुक्त अायाेजनामा महाेत्सव सञ्चालन गर्न लागिएको आयोजक चौरजहारी नगर संगीत समितिले जनाएको छ ।
” कृषि ,ब्यापार , पर्यटन प्रवर्द्धन सांस्कृतिक संरक्षणका लागि हाम्रो अभियान , स्थानीय उत्पादन दिगाे अर्थतन्त्र निर्माणमा अात्मनिर्भर एकताको पहिचान ” भन्ने मुल नाराका साथ महाेत्सव सञ्चालन हुने अायाेजकले जनाएको छ । महाेत्सव सञ्चालन गर्न चाैरजहारी नगरपालिकाले बिशेष सहयोग गर्ने बताएको छ । महाेत्सवकाे सञ्चालनकाे लागि अहिले प्रचारप्रसार , कलाकार छनाेट , अार्थिक ब्यवस्थापन , टेन्ट लगायतका काम तयारी गरिरहेको उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष यदु कुमार अाचार्यले बताउनुभयो । उहँका अनुसार महाेत्सवमा महानायक राजेश हमाल , गायिका पुर्णकला बिसि , अाधुनिक गायक प्रमाेद खरेल , बालगायिका कमला घिमिरे लगायतको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहीबार १२:२८