
गजल
गजलकाे भिडियाे वाचन हेर्न र सुन्नका लागी तलकाे भिडियाेमा क्लीक गर्नुहाेस । यदि पढ्न चाहनुहुन्छ भने भिडियाे भन्दा तल हेर्नुहाेस ।
हामी सधैं कमजोर अनि, निर्धाकै दोष देख्छौं किन ?
सत्य कुरा मार्ने गरी, नानाथरी लेख्छौं किन ?
पीडित भन्दा पीडक पहिले, न्याय माग्दै हिँड्छन् अचेल,
हामी पनि आगो बनी उही पीडितहरुलाई सेक्छौं किन ?
जातजाति बराबरी, हुन्छ भन्यौं लोकतन्त्रमा,
जातकै कुरा ल्याउँछौँ फेरि, घर आगनमा छेक्छौं किन ?
हाम्रो कानुन अनि शासन, संसारकै अब्बल भन्छौँ
फेरि आफ्ना जोगाउनलाइ, न्याय माथि टेक्छौं किन ?
प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहीबार १६:१७