सल्यानका कोरोना संक्रमितले बिताए खुला चौर र विद्यालयको बरण्डामा रात

 इन्द्र बुढाथाेकी, सल्यान ।सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित व्यक्तिले विद्यालयको बरण्डामा रात बिताएका छन् ।यस पालिकाका संक्रमित २५ जना मध्ये जेठ १८ गते १२ जनालाई सल्यान अस्पताल र १३ जनालाई सुर्खेत लिने भनिएको थियो ।
सल्यान अस्पतालमा आइतबार १२ जनालाई लगिएको भएपनि बाकी १३ जनाले रातभर खुला चौर र विद्यालयको बरण्डामा रात विताएको बताएका छन्।
‘हामी क्याम्पसको वरणडामा रातभर बसेका छौ बाहिर पानी परिरहेको छ चिसोले झनै समस्या भएको छ । हामिलाइ छिटै अस्पताल सम्म पु¥याउन पहल गरिदिनु प¥यो ।’ एक संक्रमितले भन्नुभयो , ‘अहिले साथीहरु सङ्ग नजिक हुन मिल्दैन त्यहि बाध्यताले बाहिर बसेका हौं ।’ रातभरि संक्रमितहरु बनगाड क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।

त्यस्तै प्रभाकर माबी क्वारेन्टाइन बसेका मध्य १५ जना रातभर त्रिपाल मुनि बसेका छन प्रभाकर माबिमा क्वारेन्टाइन कोठा नहुदा बाहिर फिल्डमा त्रीपाल टागेर बसेका छन । १३ गते स्वाब सङ्कलन गरेका ३ सय ९३ जनाको मध्य ९० जनाको रिपोर्ट आएको र त्यस मध्य २५ जना संक्रमित भएका छन । विद्यालयको नजिकैको कृष्ण मन्दिरमा समेत बसिरहेका छन् ।

जिल्लामा जेठ १७ गते भेटिएका कोरोना भाइरस संक्रमितलाई रुकुम पश्चिमको चौरजहारी कोरोना विषेश अस्पतालले लिन नमानेपछि गएराती नगरपालिकाकै एक विद्यालय भवनमा राखिएको थियो ।चौरजहारी अस्पतालले लिन नमानेपछि सुर्खेत पठाउने तयारी गरिएका बनगाडका १३ जनालाई राती ६ नम्बर वडाको बनगाड क्याम्पसमा सुनौलीमा छुट्टै राखिएका र आज बिहान सुर्खेत अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ ।

जिल्लामा आवश्यक आइसोलेसन बेडको अभावमा बाँकी संक्रमित १३ जनलाई चौरजहारी कोरोना विषेश अस्पतालले राख्न नमानेपछि सुर्खेत पठाइएको हो । अन्य सरकारी संरचना नभएकाले सबै विद्यालय र टेन्ट मुनि राख्नुपर्ने बाध्यता भएको नगर प्रमुख गोविन्द कुमार पुनले बताउनुभयो ।विद्यालय सबै भरिभराउ छन उहाँले भन्नुभयो ‘खुला चौरमा राख्नु बाहेक हामीसँग विकल्प छैन । प्रदेश सरकारसँग पाल मागेपनि आश्वासन वाहेक अन्य केहि पाइएको छैन । एक सय पाल पाएको भए अवस्था केहि सहज हुने थियो ।’

बन्गाड कुपिण्डे नगरपालिकाका १८ वटा बिद्यालयमा अहिले १ हजार २ सय जना भन्दा बढी क्वारेन्टाइनमा रहेका छन् । बन्गाड क्याम्पस बन्गाड र प्रभाकर माद्यामिक बिद्यालय देबस्थलमा बसेका ३ सय ९३ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागी सुर्खेत पठाईएको थियो ।
ती मध्ये अहिले ९० जनाको रिपोर्ट आएको र बाँकी २ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँको भनाई छ । बन्गाड क्याम्पसमा रहेका २२ जना र देवस्थल क्वारेन्टाइनमा रहेका ३ जनामा संक्रमण पुष्टी भएको उहाँले बताउनुभयो।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार १०:२२