Purushottam Giri

  • ३२ जेष्ठ २०७७, आईतवार १३:४१

कविता : किन रुन्छौ, भन त तिमी मलाई

कविता : किन रुन्छौ, भन त तिमी मलाई

किन रुन्छौ, भन त तिमी
मलाई,
किन खेलाऊँछू,आफ्नो
मनमस्तिष्कमा ती
यादहरुलाई अझै,
म बन्न लागेको छू,तिम्रो
दूषित चिरस्मृति
त्यसैले किन रुन्छौ ओए,
तिमी भन त मलाई।

तिमी एक पल त हाँस,अरु
एक पल त आफुमा खुलेर त
बाच,
पुराना ताराहरुलाई झर्न देउ,
नया आकाशलाई उज्यालो
पार,
स्मृतिहरुको पुलिंदा
लिएर,नया आश त राख,
किन रुनुपर्यो,तिमी भन त
मलाई।

माथि हेर,श्वास फेर र
एक हातले सूर्यलाई छोउ,
मेरो प्रयत्नहरुको हाँसोलाई
सम्झ,
मेरो ती पलहरुलाई बाँधेर
राख है,
किन रुन्छौ, तिमी भन त
मलाई

मलाई तिम्रो वायुले छूदैछ त,
त्यसमा आनंदित बस,
तिमलै मेरो पुरानो पलको
मेरो हाँसोको वास्ता,
गर यो खराब समयलाइ
वेवास्ता,
किन रुन्छौ एकफेर,तिमी
भन त मलाई

-सिद्धांत यादव
विद्यार्थी, तेस्रो बर्ष , एमबीबीएस ,नेसनल मेडिकल कलेज शिक्षण अस्पताल , वीरगन्ज

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आईतवार १३:४१