गजलः हेल्लो हाई भन्छे ।

गजल

चिन्तामणी रेग्मी

मिस्कल गरी फोन गर्दा, के छ हेल्लो हाई भन्छे ।
कस्लाई खोज्नुभाको भन्दा, केबल हजुर लाई भन्छे ।।

को हौ तिमी किन फोन, गर्यौ भनि मैले सोध्दा ।
भेटन आउनुस चिन्नुहुन्छ, लगाएर टाई भन्छे ।।

मैले भने नचिनेको, मान्छेलाई भेटनु किन ।
तपाई साह्रै मनपर्यो, माया गर्नुस मलाई भन्छे ।।

झोक्कीएर मैले भने, कस्तो वाईयात कुरा गर्या ।
तपाई बिना एकपल पनि, बाच्दिन म दाई भन्छे ।।

धेरै भयो अब त फोन, राख भनी मैले भन्दा ।
फोन गर्दै गर्नुहोला, अहिलेलाई बाई भन्छे ।।

 

(लेखक रेग्मी सिद्द कुमाख गाउपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा कार्यरत हुनुहुन्छ । )

प्रकाशित मिति: २३ असार २०७७, मंगलवार १३:१३