कविता : झटारो (कोभिड–१९)

 

हामि कत्ति पनि विथोलिएका छैनौँ सरकार
किनकी त्यस दर्जामा छैनौँ जगमगाउनलाई
चलमलाउ तिमी आफ्नै स्वार्थमा फरर्र
उठाउने छैनौँ शिर कहिले सलबलाउनलाई ।।

जन्मनु नै गल्ती थियो गरिव भै हुर्कनलाई
परिस्थिति नै नाजुक छ तिम्रो ढोका ढकढकाउनलाई
सुन्दैछु मरेका छन् रे, कैयौँ भोकले छटपटाई
नाम्लोको सहारा लिँदै छन् रे, जीन्दगीदेखी झन्झटाई ।।

सुन्दैछु भाषणमा दमदार जोड दिँदैछौ नहडबडाई
सडाएर राखेका छौ रे, ढुकुटीमा निसंकोच नलजाई
भो, अव कुरा नगरौँ स्वतन्त्रताको लज्जीति हुनलाई
तिरस्कृत, बलात्कृत रहेछ जीन्दगी छैन न्यायालय हामीलाई ।।

हो, हामी त्यहि तिम्रो खुट्टामा पनि नसुहाउने
पैताला नै दुर्गन्धीत हुन्छ होला वस्ती तिमिले नियाले
छैन केही हामीसंग मिठो बोली वाहेक टक्राउनलाई
छलकपट केही छैन मुख वाहेक अरु लोभ्याउनलाई ।।

समिप आचार्य
तुलसिपुर उपमहानगरपालिका, ८ दाङ ।

प्रकाशित मिति: १ आश्विन २०७७, बिहीबार ०८:२६