काठमाडौं – सदिक्षा एल्बमबाट चर्चामा आएकी गायिका मिना कार्कीले नेपाली साङ्गीतिक इतिहासकै पहिलो नर्सिङ गीत हामी नर्स को भिडियो सार्वजनिक गरेकी छिन् । गायिका कार्कीले आफ्नै युट्युब च्यानल Mina Karki Official मार्फत आफ्नो भिडियो सार्वजनिक गरेकी हुन् ।लोकप्रिय गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्द र सङ्गीत रहेको यस गीतमा कमल सौरागको म्युजिक एरेञ्ज रहेको छ ।
भिडियोमा निर्मला श्रेष्ठ लगायत बिभिन्न कलाकारहरुलाई फ़िचरिङ गरिएको छ भने वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, राम सिंह भाटको छायाङ्कन र निर्देशक वीरेन्द्र भाट ‘विपिन’ कै सम्पादनमा भिडियो तयार भएको हो । लगभग ४ दर्जन डाक्टर / नर्सहरुको अभिनय रहेको यो भिडियो वर्ल्ड कभर मिडिया प्रा. लि. को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।
वास्तबमा यो गित बिश्व नर्सिङ्ग दिवश (मे १२) को दिन औपचारिक कार्यक्रमको बिचमा रिलिज गर्ने कार्यक्रम थियो तर बिश्व भरि नै फैलिएको कोरोना महामारी को कारण ले समयमा हुन् सकेन। यो गीतमा नर्सिङ्ग पेशा मा लागे पछि गर्नु पर्ने काम कर्तब्य लगायत दुख, पिडा, र खुसि लाई राम्रो संग समाबेस गरिएको छ भन्ने कुरा गायिका ले बताउछिन् । किनकी गायिका स्वयम् एक नर्स हुन्।
प्रकाशित मिति: ४ आश्विन २०७७, आईतवार १३:५६