रंगकर्मी मिलन कार्की तथा रक्षा थापाको अभिनयमा युनिक केसीको “खुशी” सार्बजनिक

सिक्का इन्टरटेन्टमेन्टको पहिलो प्रस्तुतिमा गायक युनिक के सी को आबाज र दिपक तथा डिकी बम्जनको शब्द र संगीतमा खुशी बोलको गीत सार्बजनिक भएको छ।

रंगकर्मी मिलन कार्की तथा रक्षा थापाको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो भने आदित्य तथा सौगात मान सिङ्ग बस्नेत ले खिचेका हुन् । बेल थापाको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको सम्पादन भने अर्जुन कार्कीले गरेका हुन् । रंगकर्मी अंकित बाशु तथा आयान खड्काको संयुक्त निर्देशनमा बनेको खुशीको म्युजिक भिडियो, सिक्का इन्टरटेन्टमेन्टको युटुब च्यानलमा हेर्न सकिन्छ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति: २० माघ २०७७, मंगलवार २१:४४