
कभरखबर डेस्क ।
लाेक पप ब्याटलबाट उदाएका गायक सेर बहादुर डाँगीकाे देशभक्ति गीत सार्वजनिक भएकाे छ ।
सल्यान घर भएका गायक सेर बहादुर डाँगीले यस अघि लाेक पपमा गीत गाउँदै अाएपनि यस पटक भने बीर नेपाली बाेलकाे देशभक्ति गीत सार्वजनिक गर्नु भएकाे छ ।
आफ्नै आवाजमा गीत गाएका डाँगीले भिडियाेमा पनि आफैले अभिनय गर्नु भएकाे छ । नुवाकाेटकाे रमनीय भु-भागमा छायांकन गरिएकाे साे गीतमा देशमा केहि गर्नुपर्छ भन्ने खालकाे सन्देश दिन खाेजिएकाे छ ।
यस गीतमा गायिका स्मृति शाही र पुस्पा बोहराले साथ दिनु भएकाे छ ।
प्रदेशबाट फर्किएर बाँझाे खेत जाेत्ने देखि पहाड फाेरि अनमाेल रत्न फलाउने जस्ता कुराहरुलाइ गीतमा समेटिएकाे छ । नेपालीले नै नेपाललाइ सुन्दर संसार बनाउनुपर्ने गीतमा सन्देश दिइएकाे छ ।
भिडियाे हेर्न तल क्लिक गर्नुहाेस ।
प्रकाशित मिति: ३० माघ २०७७, शुक्रबार २०:२१