
गायक सत्यराज आचार्यको गीत ‘म बाँच्नुको’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको गीतमा आचार्यसँगै वसन्त प्रकृतिले स्वर दिएकी छिन् । गीतमा दुर्गाप्रसाद आचार्यको शब्द तथा संगीत रहेको छ। सिक्का इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको गीतलाई नारायण राज आचार्यले रेकर्ड गरेका हुन् ।
रङ्गकर्मी मिलन कार्की र रक्षा थापाको मुख्य अभिनय र अन्य कलाकारहरू आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो भने आदित्य तथा सौगात मान सिङ्ग बस्नेत ले खिचेका हुन् ।
रंगकर्मी अंकित बाशु तथा आयान खड्काको संयुक्त निर्देशनमा बनेको खुशीको म्युजिक भिडियो, ओएसआर डिजिटल को युटुब च्यानलमा हेर्न सकिन्छ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति: १४ फाल्गुन २०७७, शुक्रबार १९:१७