प्रेम प्रस्ताव अस्वीकार गरेपछि सल्यानकी कविता बोहराको हत्या भएको खुलासा
सफल अनुसन्धान गरेकोमा इन्सपेक्टर वली सम्मानित

सल्यान ।
त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा निवासी १६ वर्षीया कविता बोहराको हत्यारा १३ महिना पछि पत्ता लागेको छ ।०७६ फागुन २ गते प्रणय दिवसका दिन बोहराको घरनजिकै धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
हत्या भएको एक वर्ष पछि गाउँकै एक १६ वर्षीय किशोरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मंगलवार पत्रकार सम्मेलनकाे अायाेजना गरि घटना बारे जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले कबिताको दिदीको छोरा नाता पर्ने तत्कालिन १६ वर्षीय एक स्थानीय किशोरले कबितालाई एक तर्फी प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा पनि कबिताले कुनै चासो नदिएका कारण हत्या गरेको खुल्न अाएकाे बताउनुभयाे ।
हत्या भएको एक वर्ष पछि मृत्तक बोहराले प्रेम प्रस्ताव स्वीकार नगरै कारण हत्या गरेको खुलासा गरेको अनुसन्धान बाट खुल्न आएको उहाँले बताउनुभयो । आरोपित किशोरलाई बालसुधार गृह नेपालगञ्ज पठाइएको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयाे ।
कविता बोहरा हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानले इन्सपेक्टर लक्ष्मण वलीलाइ सम्मानित गरेको छ ।
मंगलबार घटनाको सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले ओलीलाई सम्मान गरेको बताए ।घटना बारे इन्सपेक्टर ओलीको नेतृत्वमा प्रहरीले अनुसन्धान गरेको थियो ।
- 90Shares