क्षमता अभिवृद्धि गर्न सल्यानका स्वास्थ्यकर्मीहरुले लिए बृहत् पोषण प्याकेज सम्बन्धी तालिम

सल्यान- सल्यान कपुरकोट गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुले बृहत् पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम लिएका छन् । गाउँपालिकाले ६ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो । पोषण सम्बन्धि वृहत विषयबस्तुको एकीकृत प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धी व्यवहारमा परिवर्तन गरि ज्ञान सीपको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

तालिमको विहिबार समापन गर्दै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले तालिममा सिकेका कुरा स्वास्थ्यकर्मीले आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्ने विश्वास ब्यक्त गरे । पोषणको अवस्थामा सुधार गर्न स्वास्थ्यकर्मीले विशेष भुमिका खेल्नुपर्ने बताउँदै उनले कुपोषित हुन नदिन पूर्व योजनाहरू अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
सुखि नेपाली र समृद्ध नेपालको आकांक्षा पुरा गर्नका लागि स्वस्थ नागरिक उत्पादन हुन जरुरी रहेको बताउदै अध्यक्ष सेनले स्वास्थ्य, सरसफाई, पोषण लगाएतका विषयमा समुदायले विश्वास गर्ने स्वास्थ्यकर्मीहरुलाइ सहि जानकारीहरु दिन अनुरोध गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, स्वास्थ्य सेवा कार्यालय सल्यानका ब्यवस्थापक दशरथ कुमार श्रेष्ठ, गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहाल लगाएतले मन्तव्य राख्दै बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताएका थिए ।

४ वटा स्वास्थ्य चौकी र २ वटा आधारभुत स्वास्थ्य संस्थाका १६ जना स्वास्थ्यकर्मीहरुले बृहत् पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम लिएका हुन् । तालिममा कुपोणको अवस्था, पोषिलो खानेकुराहरू, व्यवहार परिर्वतन,सरसफाइ, पोषणको अवस्था सुधारमा भावी कार्ययोजना लगायतका विषयमा प्रशिक्षण गराइएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य संस्थामा आएपछि बच्चा कुपोषित छ कि छैन भनेर पत्ता लगाउने र बच्चालाई कसरी औषधि उपचार गरी सामान्य अवस्थामा ल्याउने लगायतका विषयमासमेत छलफल भएको थियो । गाउँपालिकाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले बृहत पोषण प्याकेज सम्बन्धी तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका सिअहेव सुवाश हमालले जानकारी दिए ।

  • 7
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close