बनगाडमा (माओवादी केन्द्र)को नगर कमिटी बैठक सम्पन्न पार्टी सुदृढीकरण अभियान सन्चालन गर्ने

इन्द्र बुढाथोकी / सल्यान १४ चैत्र ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगरपालिका नगर कमिटी बैठक सम्पन्न भएको छ । कम्युनिस्ट पार्टी सर्वोच्च अदालत फरकफरक पार्टी बनाए पछिको पहिलो बैठक बसेको छ । बैठक माओवादी आन्दोलनको पुनर्गठन गर्नु पर्ने बताएका छन । विभिन्न संघ संगठनका बनाएर जनताको समस्या पहिचान गरि एकीकृत ढंगले अगाडि बढ्नु पर्ने बताएका छन । अधिकास कानुनहरु नेताहरू मनोगत भएका कारण दलाल तस्करहरुको कानुन बनाएका कारण जनताको समस्या भएको र कम्युनिस्ट आन्दोलन बिसर्जन तिर जाने बताएका छन ।

माओवादी आन्दोलन पुनर्गठन भनेको पुन जनयुद्धमा जाने होइन कि जनताको समस्याको समाधान गर्न तिर संघ संगठन बनाएर लाग्नु पर्ने बताएका छन । व्यक्तिगत समस्या तत्काल थाती राखी जनताको समस्या समाधान गर्नु पर्ने बताउनु भएको छ । टोलटोलमा नेतृत्व विकास गर्नु पर्ने बताएका छन । प्रधानमन्त्री कपि ओलि भारतीय दलाली भएको र भारतले केपिलाई प्रधानमन्त्री बचाइ राख्न राजपालाई समेत फुटाउन लागेको समेत बताएका छन । नेपाल कम्युनिस्ट पार्टी सुदृढीकरण गर्नु पर्ने बताएका छ्न ।

पुर्व माओवादी नेताहरू लगाएत सबैलाई एक ठाउमा ल्याएर थप अन्य कम्युनिस्ट पार्टीलाई एकता गर्नु पर्ने र नेपालमा कम्युनिस्ट वृहत् एकता गर्ने पर्नेमा प्रमुख अतिथि जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकी छहारीले बताउनु भएको छ । बिचार धारा, कार्यदिशा, नेतृत्व निर्माण लगाएत तीन वटा चिजको एकता मिल्नु पर्नेमा जोड दिनु भएको छ । नेपालमा नेता तथा जनप्रतिनिधि कार्यकाल अवधी नतोकिए सम्म नेपालमा सधै दन्द्ध भैराख्ने उहाले बताउनु भएको छ ।

पार्टी भित्र बाटै नै नेतृत्वलाई सहयोग नहुने त्यसैको फल स्वरुप अहिले केपि प्रबिधि आएको उहाले बताउनु भएको छ । त्यस्तै वडा तथा टोलटोलमा पार्टी भेटघाट तथा पार्टीसंगठन सुदृढीकरण अभियान समेत सन्चालन गर्ने निर्णय गरिएको सचीव मोमत रोकाले जानकारी दिनु भएको छ । साथै नेकपा माओवादी केन्द्र बाट स्थानीय निर्वाचन जितेका बनगाड कुपिण्डे नगरपालिका २ न वडा अध्यक्ष प्रतिमल बुढालाइ र ५ न दलित महिला सदस्य तथा कार्यपालिका सदस्य विन्दु सुनारलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।एक हप्ता भित्र स्पष्टीकरण दिन समेत आग्रह गरिएको छ भने उनिहरु नेकपा एमाले पार्टीको केपि समुहमा गएका छन ।

कर्णाली प्रदेश सदस्य तथा क्षेत्र क का किर्ती बहादुर पुन प्रकाण्ड , जिल्ला सदस्य धन बहादुर पुन (मित्र), दुर्गा बहादुर बस्नेत, वीर बहादुर बुढा, उप प्रमुख मन्जु यरि, लगाएतले मन्तव्य राख्नु भएको थियो । नगर कमिटी अध्यक्ष किर्ती बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम सन्चालन दिपक यरिले गर्नु भएको थियो ।

  • 48
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close