कपुरकोटका १३ सामुदायीक विद्यालयलाई खेलकुद र ‘ईसिडि’ सामग्री प्रदान

सल्यान– सल्यानका १३ वटा सामुदायीक विद्यालयहरुमा खेलकुद तथा ईसिडि सामग्री प्रदान गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका ७ वटा प्राथमिक र ६ वटा निम्न माध्यमिक विद्यालयहरुमा खेलकुद र ईसिडि सामग्री उपलब्ध गराएको हो । विद्यार्थीको शारीरिक विकासका लागि विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

विद्यालयको शैक्षिक गुणस्तरका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकोले सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारिर दिए । यस्तै स्वाबलम्बनका सीप, बौद्धिक, सामाजिक, संवेदात्मक, भाषिक, शारीरिक विकाससँग सम्बन्धित खेलौनाका सामग्रीहरुले वालवालिकालाई क्रिययाकलापपमा सक्रिय बनाउने उनको विश्वास छ ।

प्रारम्भीक वाल विकास केन्द्रहरु सञ्चालन भएका विद्यालयमा ९ किसिमका सामग्रीहरु पठाइएको कपुरकोट गाउँपालिका शिक्षा शाखाका श्रोत व्यक्ति कृष्ण भण्डारीले बताए । प्राथमिक विद्यालय क्युरेनी, परस्वति प्रावि दानवाङ, भुवनेश्वरी प्रावि सिन्दुरी, सरस्वति प्रावि सल्लाम, जनचेतना प्रावि लापु, भानु प्रावि गोठीवन र सरस्वति प्रावि कालापात्लामा ईसिडि सामग्रीहरु उपलब्ध गराइएको भण्डारीले जनाए ।

यस्तै सिद्ध आधारभुत विद्यालय खाली, सरस्वति आधारभुत विद्यालय जामुने, गायत्री आधारभुत विद्यालय गाँडापानी, सिद्ध आधारभुत विद्यालय ढाँर, सरस्वति आधाररभुत विद्यालय रातामाटा र जानकी आधारभुत विद्यालय डांग्रीमा खेलकुदका सामग्रीहरु प्राप्त गरेका छन् ।

वालवालिकाहरु सम्मुन्नत समाज र समृद्ध राष्ट्र निर्माणका आधार भएकाले उनीहरुको विकासका लागि विद्यालयमा सामग्रीहरु उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । ईसिडि सामग्रीहरुमा चिप्लेटी पिङ, ढिकीच्याउँ, मन्टेश्वरी घोडा, काठको घडी लगाएतका सामग्रीहरु रहेका छन् भने खेलकुद सामग्रीहरुमा भलिवल, फुटववल, फुट पम्प, ब्याड, नेट, गेम ड्रेस, ड्रम सेट लगाएत रहेका छन् । गाउँपालिकाका वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामग्रीहरु उपलब्ध गराइएको हो ।

  • 9
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close