किमुचौर–धनवाङ ११ केभी प्रशारण लाईनको उद्घाटन

सल्यान, ६ बैशाख ।

सल्यानको कपुरकोट गाउँपालिका स्तिथ वडा नम्बर ४ को केन्द्रमा पहिलो पकट विजुली बत्ति बलेको छ । सोमबार ४ नम्बर वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुुर सेनले ११ केभी विद्युत लाईनको उद्घाटन गरे । सो अवसरमा उनले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताए । उनले अव वस्तीहरुमा विजुली बत्ति जडान गर्न पनि आग्रह गरे ।

वडा नम्बर ४ को गांडापानी सम्म नै मुख्य लाइनको लागि पोल गाड्ने तथा तार तान्ने काम सम्पन्न भैसकेको छ । अव ४ नम्बर वडाका वस्तीहरुमा शाखा लाईन विस्तार गर्न बाँकी रहेको बताइएको छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुनको अध्यक्षतामा भएको विद्युत लाईन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का, नेकपा एमालेका प्रतिनिधि मित्र कठायत, नेपाली कांग्रेसका प्रतिनिधि गोपाल बुढा, माओबादी केन्द्रका प्रतिनिधि खड्क सिंह ठकुरी लगायतले मन्तव्य राखेका थिए । ४ नम्बर वडा सदस्य चित्र बहादुर थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्तमको संचालन शिक्षक हस्त बहादुर बुढाले गरेका थिए ।

  • 10
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close