सल्यानमा भतिजाले काकाको कान खाईदिए

सल्यान- सल्यानको कालिमाटी गाउँपालिका–१ मा काका–भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान खाईदिएका छन् । आपसी विवाद्पछि काका–भतिजा बीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाईदिएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

हिङ्नाउरे भन्ने गाउँका ५६ बर्षीय काका धन बहादुर कुवँर र भतिजा खिम बहादुर कुँवरबीच गएराति ९ बजेतिर झगडा भएको हो । प्रहरीका अनुसार भतिजाले काकाको पूरै कान टोकेर छिनालेका छन् । खोज्दा समेत नभेटिएपछि पीडक खिमलाई सोध्दा ‘रिसको झोकमा खाईदिएको’ बताएका छन् ।

पीडित धनबहादुर कुँवरको काप्रास्थित स्थानीय मेडिकलमा उपचार भईरहेको छ । उनलाई रक्तश्राब रोक्न टाका लगाएपछि आफै प्रहरीमा पुगेर उजुरी दिएको प्रहरीले जनाएको छ । बाख्राको विषयलाई लिएर काका–भतिजाबीच झगडा भएको प्रहरीले जनाएको छ ।

  • 9
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close