कोरोना संक्रमण बाट सल्यानमा थप एक जनाको मृत्यु

Triveni

मिना बुढाथोकी
सल्यान,
सल्यानमा कोरोना संक्रमण बाट थप एकजना पुरुषको ज्यान गएको छ । जिल्लाको बागचौर नगरपालिका–२ निवासी २७ वर्षीय पुरुषको सल्यान अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बिरामी रहेका उनि उपचारमको लागी सल्यान अस्पताल आएका थिए ।

उपचारका लागी आएका उनलाइ उपचार शुरु नहुँदै मृत्यु भएको थियो । करिब ३ बजे तिर अस्पतालमा आउने बित्तिकै जाँच नगराएरै चर्पी गएका उनि चर्पीमै बेहोस भए लगतै उनको ज्यान गएको थियो सल्यान अस्पतालका डाक्टर भिमकान्त जैशीले जानकारी दिनुभयो ।

ज्यान गएपछि उसको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो । उनले हालसम्म स्थानीय मेडिकलमा सामान्य उपचार गराएका थिए । यस अघि आजनै दिउसो रोल्पा निवासी ४८ वर्षीया महिलाको उपचारको क्रममा ज्यान गएको थियो ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker