कांग्रेसले संचालन गरेको शिविरमा आठ सयले सेवा लिए, एक लाख ५५ हजारको स्वास्थ्य सामग्री वितरण

सल्यान, २५ जेठ ।

नेपाली कांग्रेसले सल्यानको कपुरकोट गाउँपालिकामा ६ वटै वडाका नागरिकहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गत शनिबार देखी जनतासंग नेपाली कांग्रेस भन्ने मुल नारा सहित शुरु गरिएको घुम्ती स्वास्थ्य शिविर ६ वटै वडामा सम्पन्न गरिएको नेपाली कांग्रेस तराई मधेस समन्वय विभागका केन्द्रीय सदस्य दुर्गा बहादुर गिरीले जानकारी दिए ।

उनका अनुसार शिविरमा आठ सय जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । सो क्रममा एक लाख ५५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पनि वितरण गरिएको गिरीले जनाए । कोरोना महामारीको नियन्त्रण, रोकथामका लागि सबै एउकजुट हुनुपर्ने बताउँदै उनले महामारी र संकटको बेला कांग्रेस जनतासंग नै रहेको बताए ।

यस अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण अभियानकर्मिहरु र सहयोगिहरुप्रती गिरीले आभार तथा बिशेष धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०७८, मंगलवार १०:४३