निर्वाचन आचारसंहिता तथा नमुना मतदान कार्यक्रम सम्पन्न

जिल्लाको सदरमुकाम खलंगामा निर्वाचन आचारसंहितामा तथा नमुना मतदान कार्यक्रम सप्पन्न भएको छ । आउदै गरेको निर्वाचनलाई लक्षित गर्दै जिल्ला भित्रका महिलाहरुको सहभागितामा आज सनिवार कार्यक्रम सप्पन्न भएको हो ।

जिल्ला निर्वाचन कर्यालय सल्यान अधिकृत निमराज भट्टराईले निर्वाचन आचार संहिता बरे प्रष्ट पार्नुभएको थियो । निर्वाचनको समयमा निर्वाचन आचारसंहितामा बिपरित कहिँ कतै त्यस्तो नियम बिपरित कार्य नगर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको समेत उहाले बताउनुभयो । यसैगरी नमुना मतदानमा जम्मा २५ जनाको सहभागिता रहेको थियो भने जम्मा १५ मत सदर भयो भने १० मत बदर भएकाे थियाे ।

UNDP, ESP / UN–WOMEN को सहयोग र बास नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो,भने उक्त कार्यक्रममा ३६ जनाको सहभागिता रहेको थियोे ।

प्रकाशित मिति: २४ बैशाख २०७९, शनिबार १९:०४