कानुन बारे जानकारी नहुदा पिडीतले न्याय नपाएकाे सरकारवालाको भनाई

सल्यान । अधिवक्ता तथा पत्रकारका लागि काननि सहायता सम्बन्धि दई दिने तालीम सोमबार सल्यान खलंगामा सम्पन्न भएको छ ।
सुनीता बुढाको अध्यक्षताका भएको तालिमकोे प्रमुख आथित्यता अधिवक्ता चन्द्र प्रकास वलीको रहेको थियो । नेपालको संघिय संरचना र स्थानीय तहमा ब्यावस्था भएको ऐन कानुन र स्थानीय तहमा न्याय सम्पादन लगाएतका बिषयमा छलफल भएको थियो ।

पिडीतले अर्थिक अभाव, डर धम्की, ऐन कानुन बारे जनचेतनाको अभाव लगाएतका कारण न्याय पाउन नसकिरहेको सहभागीहरुको बताएका छन् । सबैे ब्यक्तिले कानुन राम्रो संग नबुझेकोले न्यायबाट बञ्चित हनेगरेको सहभागीको भनाइ छ । त्यस्तै कतीपय हिंसा पिडित व्यक्ति न्यायको लागि जिल्लामा रहेको न्यायीक समिति मार्फत नभएर सिदै प्रहरीमा जाने गरेको पनी सहभागिको भनाइ छ ।

तालीममा मिलन श्रेष्ठले स्वच्छ सुनुवाइको सिद्धान्त र न्यायको सामान्य सिद्धान्तको बिषयमा छलफल गर्नु भएको थियो यस्तै प्रशिक्षक हिरा श्रेष्ठले न्यायमा पहुच र अदलतको संरचना, कानुनी कसुर लगाएतका बिषयमा बताउनु भएको थियो ।
तालीमामा जिल्लामा रहेर काम गरीरहेका अधिवक्ता सुरक्षाकर्मी र पत्रकार लगाएतकाहरुको सहभागिता रहेको थियो भने सो तालीम मानव अधिकार संरक्षण तथा कानुनि सेवा केन्द्र हरप्लेसको आयोजना तथा सस्थागत सुधार मार्फत न्यानयमा पहुच अभिवृद्धि परियोजनाको सहयोगमा रहेको थियो ।

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार २१:०२