सल्यानको कपुरकोटमा विहान जिप दुर्घटना, ८ जनाको ज्यान गयो १ घाइते


सल्यान असोज १२ । सल्यानको कपुरकोटमा विहान भएको जिप दुर्घटनामा परि ८ जनाको ज्यान गएको छ । दुर्घटनामा १ जना गाइते भएकाक छन् ।उनलाई थप उपचारको लागी तुलसिपुर लगिएको छ ।


बाँकेको ढकेरी बाट सलयानको कपुरकोट सिनवांगको लागी छुटेको रा १ ज ५६३ नम्वरको डवल क्याप जिप विहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेका व्यक्तिहरुको थप विवरण आउन नसकेको भएपनि अधिकाकंश कपुरककोट ६ सिनवांगका मासिनहरु रहेको बुझिएकोे छ ।


वाँकेको ढकेरीबाट विहृे भोज खाएर फर्कदैगरेकेो गाडि दुर्घटनामा परेको बुझिएको छ । अहिले घटनास्थलमा प्रहरुी, गाउँपालिका अध्यक्ष दुर्गा पुन, स्वास्थ्यकर्मि लगायतको टोलि खटिएको प्रहरीले जनाएकोे छ । जिपमा ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार ०५:५९