अपडेटः सल्यान जिप दुर्घटनामा मृतक ८ जनाको पहिचान खुल्यो

सल्यान असोज १२ । सल्यानको कपुरकोटमा विहान भएको जिप दुर्घटनामा परि ८ जनाको ज्यान गएको छ । दुर्घटनामा १ जना गाइते भएका छन् ।
बाँकेको ढकेरी बाट सलयानको कपुरकोट सिनवांगको लागी छुटेको रा १ ज ५६३ नम्वरको डवल क्याप जिप विहान दुर्घटनामा परेको हो ।


दुर्घटनामा ज्यान गुमाउनेहरुमा जिप चालक कपुरकोट ६ जलवांगका २१ व्र्षिय जित बहादुर बोहरा, सोहि ठाउँका ३७ वर्षिय धर्मा वली, ४० वर्षिय टोप बहादुर वली, उहाँको छोरा ११ वर्षिय वसन्त वली, सोही ठाउँका ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल वली, ५५ वर्षिया कुमारी वली र कपुरकोट ५ रिमका ३५ वर्षिय ललित वली रहेका छन् । उनिहरुलाई पोष्टमार्टमको लागी सल्यान अस्पताल ल्याउने तयारी भैरहेको छ । घाइते कपुरकोट ६ जलवांगका ३५ वर्षिय तिलक वलीको तुलसिपुरमा उपचार भैरहेको छ ।


वाँकेको ढकेरीबाट विहृे भोज खाएर फर्कदैगरेकेो गाडि दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा प्रहरुी, गाउँपालिका अध्यक्ष दुर्गा पुन, स्वास्थ्यकर्मि लगायतको टोलि खटिएको प्रहरीले जनाएकोे छ । जिपमा ८ पुरुष र १ महिला गरी ९ जना सवार रहेको प्रहरीले जनाएको छ । जिप सडकमा अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार ०७:०६