
सल्यान । महिला हिंसा बिरुद्धकाे अभियान सुरु भए संगै जिल्लाका विभिन्न ठाँउमा सचेतना मुलक कार्यक्रम भइरहेका छन ।
आइतबार जिल्लाको शारदा नगरपालिका ८ मा रहेको श्री त्रिभुवन जनता माबी मार्केमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सभ्य समाजको निर्माण,लैङ्गकि हिंसा विरुद्धको अभियान भन्ने नारा सहित शुरू भएकाे अभियान अन्तरगत कार्यक्रम संचालन भएको शारदा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रूक्मिणा बस्नेतले जानकारी दिनुभयाे ।
साे अवसरमा कक्षा ९ र १०मा अध्यनरत विद्यार्थीहरूलाइ मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनका विषयमा सीएमसी नेपालका मनाेसामाजिक कार्यकर्ता मिना बुढाथाेकीले जानकारी दिनु भएकाे थियाे । जुनसुकै समयमा मानिसहरूमा मनाेसामाजिक समस्या हुन सक्ने बताउँदै उहाँले तनावमुक्त रहने उपायबारे समेत जानकारि दिनु भएकाे थियाे।
यस्तै समाजमा अभफैपनि लैंगिक हिंसाका घनाहरू भइ रहने हुँदा यस्काे न्युिनकरणमा सबैकाे उत्तिकै भुमिका रहनुपर्ने जिल्ला प्रहरी सल्यानका प्रहरी सहायक निरीक्षक दिमुप लामिछानेले बताउनुभयाे । उहाँले लैंगिक हिंसा, हिंसाका प्रकार र कानुनी व्इवस्थाका बारेमा जानकारी दिनुभयाे । यदि कंही कतै यस्ता घटनाहरू भइ रहेकाे अाफुले थाहा पाएमा नजिकैकाे प्रहरी चाैकीमा जानकारी गराउन समेत उहाँले अाग्रह गर्नुभयाे ।
शारदा नगरपालिका सल्यान, जिल्ला प्रहरी कार्यलय सल्यान र सी एम सी नेपालको सयुक्त आयोजनामा भएको कार्यक्रमा कक्षा ९ र १० का बिद्यार्थीहरुको सहभागिता रहोको थियाे ।
प्रकाशित मिति: १८ मंसिर २०७९, आईतवार १९:४८