अपांगता भएका व्यक्तिहरूका लागि सल्यानमा मुढा बनाउने तालिम

सामाजिक विकास कार्यालय सल्यानले अपांगता भएका व्यक्तिहरूका लागी मुढा बुनाइ तालिम शुरू गरेकाे छ । १० दिन सम्म संचालन हुने तालिममा जिल्लाभरीका १० जना अपांगता भएका व्यक्तिहरूको सहभागिता रहेको छ ।

अपांगता भएका व्यक्तिहरूलाइ सिप सिकाउने र आत्मर्निभर बनाउने उद्देश्यले तालिमकाे आयोजना गरिएकाे सामाजिक विकास कार्यालय सल्यानका निमित्त प्रमुख हरि प्रसाद सापकोटाले बताउनुभयो ।

उहाँले कुर्सिमा बसेर उद्घाटन गरिएको तालिमको समापन मुढामा बसेर गर्न सक्ने गरी मुढा बनाउने तालिममा लाग्न सहभागिहरूलाइ आग्रह गर्नुभएको थियो ।

तालिमको उद्घाटन शारदा नरगपालिका वडा नम्वर १ का अध्यक्षा प्रदिप पाण्डेले गर्नुभएको थियो । सल्यानको श्रीनगरमा भैरहेको तालिमको प्रशिक्षकमा शिवजन मावि शितलपाटीका दृष्टिविहिन शिक्षक राजेश अर्याल रहनुभएको छ ।

प्रकाशित मिति: २७ पुष २०७९, बुधबार २१:०९