सल्यानमा घट्टबाट फर्किदैगर्दा महिला बलात्कृत,आरोपित प्रहरी नियन्त्रणमा

सल्यान ।
२६वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका –२ निवासी २५ वर्षीय लोकराज परियारलाइ प्रहरीले पक्राउ गरेको छ ।

साउन ३० गते कालिमाटी गाउँपालिका–३ मा रहेको स्थानीय घट्टमा गहुँ पिसाउनबाट एक्लै घर फर्किंदै गर्दा आरोपितले ध्वालकाँडा जँगलमा बलात्कार गरेको पीडितले जानकारी दिनुभयो ।

आरोपित घटना भएको दिन साथीहरु संग जिल्ला सदरमुकाम खलंगामा नागरिकता बनाउन आएको र घर फर्किदै गर्दा बाटोमा मदिरा सेवन गरेर एक्लै रहेकी महिलाको पिछा गरि घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले साउन ३२ गते जिल्ला प्रहरी कार्यालय सलनमा जाहेरी दिएको र आरोपितलाइ हिरासतमा राखी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

  • 246
    Shares

१ प्रतिक्रिया

  1. यहाँ नीर दलित अधिकार कर्मीहरु कहाँ गएका जस्ले दलितलाइ हल्का ठेस लग्दा पनि आवज उठाउथे आज दलितले गरेको गल्तिको खन्डन गरेको सुनिएना त ???

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close