बनगाडमा कानुनी सचेतना तालिम सम्पन्न

इन्द्र बुढाथोकी / सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा तीन दिने कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ ।हिजाे बनगाड कुपिण्डे नगरपालिकामा सिमान्तकृत समुदायको न्यायमा पहुँचका लागि न्यायिक समिति तथा सिमान्तकृत समुदायका जनप्रतिनिधि लाई तीन दिने कानुनी सचेतना तालिममा सहयोग सस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना युएन डिपि र ग्रामीण महिला उत्थान केन्द र दलित सेवा संघ सल्यानको साझेदारीमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

३ दिन सम्म सञ्चालन भएको तालिममा सरकारी वकिल कार्यालय वकिल भिमसेन काफ्ले, नेपाल बार एसोसिएसन केन्द्रीय पार्षद सिपि ओलि र नेपाल वार एसोसियसन सल्यानका अध्यक्ष लालबहादुर रावतले स्थानीय तहमा न्यायिक निरुपणका विषयमा प्रशिक्षण दिएका थिए । न्याय सम्बन्धि प्रशिक्षणमा बालविवाह, वहुविवाह, कुटपिट झैझगडा, लेनदेन, बोक्सी आरोप, महिला हिंसा, सम्बन्ध विच्छेद, विवाह दर्ता, जन्म दर्ता, मृत्युदर्ता, मेलमिलाप र मिलापत्रका विषयमा न्यायिक समिति तथा सिमान्तकृत जनप्रतिनिधिलाई उक्त तालिम दिएको हो ।

तालिममा न्यायिक समितिलाई कामकाजमा सहज कानुन सम्बन्धि नबुझेको कुरा थप प्रष्ट बनाएको छ । आयोजनालाई धन्यवाद दिनु भएको छ । समस्या सामाधान गर्न ज्ञान, सीप र कानुनका निम्ति सहज हुने न्याय समिति सदस्य तथा ४ न वडा अध्यक्ष मोमत रोकाले बताउनु भएको छ । कानुनका कुरामा धेरै बुझे पनि के गर्ने के नगर्ने भन्ने बिषयमा परिबन्धमा परिएकोमा यश तालिममा बाट मुद्दा हेर्न तथा मेलमिलाप गर्न केही सहज भएको उप प्रमुख तथा न्याय समिति सयोजक मन्जु यरिले बताउनु भएको छ ।

आउदो दिनमा न्यायका लागि नगरपालिकाको तर्फबाट तालीमको आयोजना समेत गरिने उहाँले बताउनु भएको छ । नगरपालिकामा आएर तालिम दिनु भएकोमा संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना युएनडिपीको सहयोग र ग्रामिण महिला उत्थान केन्द्र दलित विकास सल्यान धन्यवाद दिनु भएको छ । कार्यक्रमको सहजीकरण महिला उत्थान केन्द्रकी अध्यक्ष सोविता बस्नेतले गर्नु भएको थियो भने संस्थाको मुख्य उद्देश्य न्यायिक निरुपणका विषयमा पिडितहरुलाइ न्याय दिने वातावरण सृजना गर्ने नै स्थानीय न्यायिक समितिको मुख्यतः काम भएको उहाँले बताउनु भएको थियो ।

प्रकाशित मिति: १९ आश्विन २०७७, सोमबार ०७:१०