अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका सात जना सांसद नगएपछि बैठक नै अल्पमतमा

रमेशकुमार वली
सल्यान, २७ असोज
आफनै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य मन्त्री महेन्द्र बहादुर शाहीका विरुद्धमा ल्याइएको अविश्वासको प्रस्ताव अन्ततः तुहिएको छ । अविश्वासको प्रस्तावमा हस्तक्षर गरेका सात जना संसद वैठकमै अनुपस्थित भएपछि अविश्सावसको प्रस्ताव छलफल नहुदै तुहिएको हो ।
अविश्वासको प्रस्ताव तुहिएसंगै मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको मुख्य मन्त्री पद जोगिएको छ । पार्टी केन्द्रको दवाव र प्रदेश नेताहरुवीच भागबण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो । नेकपाभित्रको तीन खेमा (ओली–प्रचण्ड–माधव ) मध्ये प्रचण्ड र नेपाल समूहबीचको सहमति मुख्यमन्त्री पद जोगिनुको महत्वपूर्ण कारण बनेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीतर्फका नेताहरुलाई समेत बालुवाटारबाटै ‘यूटर्न’ हुन संकेत दिइएको छ ।
कर्णाली प्रदेशमा देखिएको संकट समाधानका लागि राजधानीबाट प्रचण्ड, ओली र नेपाल समुहका तीन जना प्रभावशाली नेताहरु सुर्खेत पुगेर व्यापक छलफल शुरु गरेका थिए । यो संगै प्रधानमन्त्री वलीका विश्वास पात्र मानिएका संसदिय दलका उप नेता सुवास नेम्वाङ्गले अविश्वासको प्रस्ताव अगाडी नवढाउन र मन्त्रीहरुलाई राजीनामा निर्देशन टेलिफोनबाट दिएका थिए । यद्देपी प्रदेशस्तरीय नेताहरुको भागबण्डा नै अर्थपुर्ण बनेको छ ।
आइतबार नेकपा संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजधानी काठमाडौंमा रहेका तीन खेमाका नेताहरु समेत सुर्खेत पुगेका थिए । सोमबार दिउँसोदेखि मुख्यमन्त्री शाही र नेपाल समूहका नेताहरुबीच छलफल सुरु भएको थियो । राति अबेरसम्म छलफल चले पनि सोमबार सहमति जुट्न सकेन । यसपछि मंगलबार बिहानै प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भयो र जसरी पनि मिल्न दबाव दिइयो ।
मंगलबार विहानैबाट शुरु भएको छलफलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समुहका सात सांसद र पुर्व माओवादीतर्फका तीन संसाद पछाडी हट्ेर बैठकमा नै नगएपछि बैठक नै अल्पमतमा परेको स्रोतले बतायो ।
मुख्य मन्त्री शाहीले सांसद कर्मराज शाहीलाई तत्काल सचेतक नियुक्त गरेर आफ्नो पद जोगिएको सन्देश दिएका छन् । दुई समूहबीचको सहमतिमा मुख्यमन्त्री शाहीले नेता नेपाल समूहका थप तीनजनालाई मन्त्री बनाउने सहमति भएको र सहमति अनुसार मंगलबार बेलुका सम्ममा मन्त्री परिषद विस्तार गरिने जनाइएको छ । अविश्सासको प्रस्तावमा हस्ताक्षर गरेपछि हस्ताक्षर गरेका सांसदहरुले फोन स्वीच अफ गरेको र कसैको पनि कुरा नसुन्ने अडान राख्दै आएका थिए । यो संगै मुख्य मन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरी सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइसकेका छन् ।
सांसद गुलावजंग शाहलाई हाल सम्म गरेको कामको लागि धन्यवाद दिदै कार्यसम्पादन सन्तोषजनक नेखिएको भन्दै असोज २५ गते देखि लागु हुनेगरी बर्खास्त गरिएको मुख्य मन्त्रीको कार्यालयले जनाएको छ ।

  • 73
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close