परिवर्तन कृषि सहकारी संस्थाको चौथो साधरणसभा सम्पन्न

रमेशकुमार वली
सल्यान, २८ मंशिर । जिल्लाको बनगाड कुपिण्डेमा रहेको परिवर्तन कृषि सहकारी संस्थाको चौथो बार्षिक साधरणसभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले वसन्त केसीको अध्यक्षतामा नौ सदस्यि सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
सहकारी संस्थाको उपाध्यक्षमा विर वहादुर वस्नेत, सचिवमा चक्र बहादुर डाँगी र कोषाध्यक्षमा रिता चन्दलाई सर्वसम्मत रुपमा चयन गरेको छ । यस्तै सदस्यहरुमा सिता बुढाथाकी, पुष्पा कुमारी डाँगी,मेघराज रोका, लर्केबुढाथोकी र मोतिलाल वस्नत सर्वसम्मत रुपममा चयन हुनु भएको सहकारी संस्थाले जनाएको छ ।
यस्तै अधिवेशनले हुकुबहादुर वस्नेतको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत चयन गरेको छ । सदस्यहरुमा पवित्रा डाँगी र हिरा दमाई रहेको नवनिर्वाचत सचिव चक्र बहादुर डाँगीले जानकारी दिनुभयो ।
यस्तै सहकारी संस्थाले आर्थिक बर्ष ०७६।९७७ को आय व्यय विवरण तथा लेखापरक्षिण प्रतिवेदन अनुमोदन गरेका छ । कुल २ सय ३४ जना शेयर सदस्य रहेको सहकारी संस्थामा २ लाख २० हजार बढि शेयर पुजी तथा ३० लाख बढि निक्षेप संकलन भएको आर्थिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सहकारीस संस्थाले चालु आर्थिक बर्षका लागि अनुमानित कार्ययोजना प्रस्तुत गरेको छ । जस अुसार शेयर सदस्यहरुको वृद्धी गरेर १ हजार पुरयाउने, शेयर पुजी १० लाख तथा निक्षेप १ करोड पुर्याउने लक्ष लिएको सहकारी संस्थाले जानकारी दिएको छ । यस्तै सहकारी संस्थाको कार्यक्षेत्र सल्यान जिल्लाभर विस्तार गर्ने लक्ष लिइको सहकारी संस्थाका नवनिर्वाचत अध्यक्ष बसन्त डाँगीले जानकारी दिनुभयो ।
बनगाड कुपिण्डे नगरपालिका वडा नंं ९ का वडासदस्य रुद्र बहादुर परियारको प्रमुख आथ्यितामा सम्पन्न कार्यक्रममा नकपाका नेता लोकेन्द्र बुढाथोकी, सान किसान कृषि सहकारी संस्थाका अध्यक्ष रिम बहादुर बुढाथोकी, कुण्डिे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक कुमार यरी, पत्रकार रमेशकुमार वली, धु्रव नेपाली लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आईतवार २१:१२