सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत खड्काको विदाइ

इन्द्र बुढाथोकी
सल्यान, २९ मंशिर

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काको विदाइ गरिएको छ । सल्यानको कपुरकोट गाउँपालिकामा सरुवा भएपछि खड्काको नगरपालिकाबाट विदाइ गरिएको हो । १८ महिनाको बसाई र १४ महिनासम्म प्रमुख प्रशासकीय अधिकृत भएर बनगाड कुपिण्डे नगरपालिका रहदा खड्काले राम्रो काम गरेको नगर प्रमुख गोविन्द कुमार पुनले विदाइ कार्यक्रम धारणा राख्नु भएको थियोे ।
उहाँको कार्यकालमा कामकाजमा निकै सहजता भएको जनाएको छ । कार्यक्रम नगर उप प्रमुख मञ्जु यरीले खड्कालाई थप सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ । खड्काको विदाइमा लेखा अधिकृत दिनेश भण्डारी, सिम्ता गाउँपालिकाका लेखा अधिकृत भुपेन्द्र भण्डारी र नगरका अन्य विषयगत शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियोे । नगर शिक्षा अधिकारी चक्र रावतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक लेखापाल घनश्याम विसीले गर्नु भएको थियोे ।

प्रकाशित मिति: २९ मंसिर २०७७, सोमबार २१:११