बनबाट रोजगारी श्रृजना गर्नका लागि छलफल, स्वरोजगार योजना तयार गरिदै

सल्यान- कोभिड–१९ को कारण धेरैले रोजगारी गुमाउनुपरेको वर्तमान अवस्थामा बनबाट कसरी रोजगारी श्रृजना गर्न सकिन्छ भन्ने विषयमा सल्यानमा छलफल भएको छ । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल र ग्रिन फाउन्डेशन नेपालको संयुक्त आयोजनामा मंगलबार कपुरकोटमा छलफल भएको हो । सामुदायीक वनका उपभोक्ता, जनप्रतिनिधी, कर्मचारी लगाएतका वीचमा कृषि, वन, पशुपालन, वन्यजन्तु पालन, जडिबुटी, जस्ता वन उद्यमसम्बन्धी कृयाकलापहरू संचालन गरी रोजगारी श्रृजना गर्न सकिने सम्भावना रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले सामुदायीक वनबाट रोजगारी श्रृजना गर्न सम्भावनाको खोजी आफुहरुले पनि गर्ने र यसमा सक्रियतापूुर्वक लाग्न सामुदायीक वन समुहका पदाधिकारीहरुलाई आग्रह गरे । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले आफ्नो पालिकाले आर्थिक सम्बृद्धीका लागि वनको व्यवस्थापन, उपयोग सम्वन्धि स्थानीय वन ऐन पारित गरिसकेको बताए ।

सामुदायीक वन उपभोक्ता महासंघ कपुरकोटका अध्यक्ष भिमा बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, सामुदायीक वन उपभोक्ता महासंघ कर्णालीका अध्यक्ष घनश्याम शर्मा, ग्रिन फाउण्डेशन दाङका सचिव सुरेश रावतले बोल्दै संरक्षणसंगै वनलाई ब्यवशायमुखी बनाउनुपर्नेमा जोड दिएका थिए । मंगलबारको छलफलबाट प्राप्त सुझाव तथा सम्भावनाका आधारमा छिटै स्वरोजगार योजना तयार गर्ने ग्रिन फाउण्डेशन नेपालका कार्यक्रम अधिकृत मेलिना पन्तले बताइन् ।

  • 2
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close