२०७८, बैशाखमा कर्णालीमा लगानी सम्मेलन हुने

सुर्खेत । कर्णाली प्रदेशमा आगामी बैसाखमा लगानी सम्मेलनको आयोजना गरिने भएको छ । लगानी मैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्था आकर्षण बढाउने उद्देश्यले कर्णाली प्रदेश योजना आयोगको आयोजनामा लगानी सम्मेलनको आयोजना गरिने भएको हो ।

आयोगले हाल परियोजना बैंकको काम गरिरहेको र उक्त कार्य सकिएपछि लगानी सम्मेलन आयोजना गर्नेगरी योजना आयोगले तयारी सुरु गरेको छ । गत आर्थिक वर्षदेखि नै प्रदेश सरकारले लगानी सम्मेलन गर्ने योजना बनाएको भए पनि आयोजना गर्न सकेको थिएन ।

  • 2
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close