डोल्पाबाट फर्कने क्रममा मजदुरको निधन

प्रचण्ड खत्री
रुकुम पश्चिम, २७ पुस । रुकुम पश्चिममा एक जनाको भिर बाट लडेर मृत्यु भएको छ । यहि पुस २५ गते राति आठबिसकोट नगरपालिका वडा नम्बर २ बस्ने धन बहादुर थापाको छोरा बर्ष २४ को गोबिन्द थापाको भिर बाट लडेर मृत्यु भएको हो ।
डोल्पा देखी काम गरी घर फर्कने क्रममा जहरे खोला भन्ने स्थानमा भिरबाट लडी मृत्यू भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । मृतक थापा मजदुरीको लागि डोल्पा काम गर्न गएको बताइएको छ ।

  • 7
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close