सल्यानकाे प्रभाकर माबिका ५ जना विद्यार्थीमा कोरोना पोजिटिभ

इन्द्र बुढाथोकी,सल्यान ।

 बनगाड कुपिण्डे नगरपालिकाकाे सामुदायिक स्तरमा कोरोनाकाे संक्रमण बढ्दो क्रममा देखिदै गइ रहेको छ । पछिल्लो चरणमा विभिन्न पद्यालयमा गरिएको कोरोना चेकजाँचम ५ जना विद्यार्थीमा कोरोना भाइरस सक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपंक्षिरोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको पश्चिमी क्षेत्र बन्गाड कुपिण्डे नगरपालिकाकाको प्रभाकर माबीका ५ जना बिद्यार्थीमा कोरोना पोजिटिभ देखिएको हो ।

२६ जनाका स्वाब संकलन गरेर पिसिआर गर्दा ५ जनामा कोरोना देखिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले जानकारी दिनु भएको छ । जसमा १०,१७, १८, १५ र १५ वर्षका विद्यार्थीमा संक्रमण देखिएको छ । सबै भन्दा वढी नगरले आइसुलेसन वनाएको प्रभाकर माध्यमिक विद्यालयका विद्यार्थीको कोरोना रिपोर्ट पोजेटिभ देखिन थालेको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आउनेमा प्रभाकर माद्यामिक बिद्यालय देवस्थलका विद्यार्थीहरु भने होम।आइसोलेशनमा नबसेर बजारमा जथाभावी घुमिरहेका हुन्छन् भने परिवारिक बसाइ समेत सङ्गै भएको स्थानीयको भनाइ रहेको छ । कोरोना पोजेटिभ शिक्षकहरु समेत जथाभावी बजारहरुमा डुलिरहेका हुन्छन ।

पछिल्लो चरणमा कोरोना रिपोर्ट पोजेटिभ आए पनि होम आइसुलेसनमा नवसि परिवारसँगै र छरछिमेक घुलमिल भैरहेकोले कोरोना सामुदायिक स्तर झनै बढ्दै जाने देखिन्छ । साथै कोरोना लक्षणसँग मिल्दोजुल्दो संकेत देखिएमा स्वास्थ्यकर्मिको सम्पर्कमा रहि सल्लाह लिन र चेकजाँच गराउन समेत नगर स्वास्थ्य शाखाको अपिल छ ।

  • 73
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close