सल्यानमा ३० जनाले लगाए कोरोना विरुद्धको खोप

करेश्मा गिरी , सल्यान ।
कोरोना विरुद्धको खोप अभियान अन्तर्गत माघ १४ गते सल्यानमा ३० जनाले खोप लगाएका छन् । पहिलो दिन स्वास्थ्य सेवा कार्यालय सल्यानमा कार्यरत स्वास्थ्यकर्मी र कार्यालय सहयोगी गरि ३० जनालाइ कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामांगले भ्याक्सीन स्वास्थ्य सेवा कार्यालयलाइ हस्तान्तर गरे लगतै पहिलो खोप डाक्टर केशव महतले लगाउनु भएको हो । सो अवसरमा स्वास्थ्य सेवा कर्यालय सल्यानका डाक्टर दिक्षान्त मल्लले भ्याक्सीनको प्रयोगको बारेमा जानकारी दिनुभयो ।

यसैबिच कोभिड–१९ विरुद्धकाे खाेप लगाउँदा   कसैको मृत्यु भएमा सरकारले क्षतिपूर्ति नदिने र खोप उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्दा नहाल्ने भएको छ । भारतले नेपाललाई अनुदानमा १० लाख खोप उपलब्ध गराएको छ । गत साता नेपाल ल्याएको कोभिसिल्ड खोप सबै प्रदेशमा पुर्‍याइएको छ । बुधबारदेखि सबै प्रदेशमा लगाउन सुरु गरिने भएको छ । खोप लगाउँदा कुनै पनि नागरिकको मृत्यु भएमा उत्पादन गर्ने कम्पनीले क्षतिपूर्ति तिर्नुनपर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न आपत्कालीन प्रयोग गरिएको खोप भएकाले सरकारले उत्पादक कम्पनीलाई क्षतिपूर्ति नतिराउने भएको हो ।

  • 116
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close