उद्योग बाणिज्य संघ सल्यानको मतदान जारी

सल्यान उद्योग बाणिज्य संघको मतदान जारी छ । विहान ८ बजे देखि शुरु भएको मतदान यो समाचार तयार पार्दा सम्म ३ सय वढिले मतदान गरिसकेको निर्वाचन समितिले जानकारी दिएको छ ।
टाढाका मतदाताहरु आउने क्रम जारी रहेको र अहिले सम्म श्रीनगर आसपासका मतदाताहरुले मतदान गरिरहेका छन् । संघका निवर्तमान अध्यक्ष विर वहादुर चलाउनेले पहिलो मत खसालेर शुरु भएको मतदान वेलुकी ४ बजे सम्म जारी रहने छ ।
अहिले पनि मतदान स्थलमा मतदाताहरको लामो लाइन लागेको छ । उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशिल व्यवसायिक प्यानलबाट प्रतिष्ठित व्यापारी राजेन्द्र कुमार थापा र संयुक्त व्यवसायिक प्यानलबाट कुमार वुढाथोकीवीच कडा प्रतिस्पार्धा हुदै छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७७, शनिबार १०:३७