बाफिकोट गाँउपालिका वडा नम्बर ३ आधारभूत स्वास्थ्य ईकाइको आजबाट आफ्नै भवनबाट सेवा सुरु

प्रचण्ड खत्री / रुकुम पश्चिम 

रुकुम पश्चिमकाे बाफिकोट गाँउपालिका वडा नम्बर ३ आधारभूत स्वास्थ्य ईकाइको आफ्नै भबन बनेको छ । यस अघि भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको ईकाईले आईतबार देखि आफ्नै नयाँ भबनबाट सेवा प्रबाह सुरु गरेको छ । संघीय सरकारको ३२ लाख अनुदान बजेटबाट बनेको भबन उत्घाटन भएपछी ईकाई आज देखि आफ्नै भवनबाट सेवा सुचारु गरेको वडा सचिब प्रवेश परियारले बताउनुभयाे ।

आईतबार यक कार्यक्रमका बीच गाउपालिका उपाध्यक्ष मनकला पुनले भवनको उत्घाटन गर्नुभएकाे हाे । किस्तामा भबन बनाउनुपर्ने भएपनि यस वडाको आधारभूत स्वास्थ्य ईकाईको एकै पटकमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष चन्द्र बहादुर केसीले बताउनुभयाे । बाकि दुई किस्ता रकम आईपुग्नु अघि नै भबन निर्माण भई सेवा प्रबाह समेत गरिएको वडा अध्यक्ष केसीले जानकारीदीनुभयाे ।थप बजेट आउदै गर्ला भनेर अरु पूर्ण ब्यबस्थापनका साथ निर्माण गरिएको बताएको छ ।|

क्रमागत योजना भएतापनि सेवा प्रवाहको समस्या लाई मध्यनजर गर्दै भबन निर्माण गरेको हो । आधारभूत स्वास्थ्य ईकाइमा १ जना अहेब र १ जना अनमी कार्यरत छन । बाफिकोट गाउपालिकाले स्वास्थ्य चौकी नभएका वडामा आधारभूत स्वास्थ्य ईकाइ स्थापना गरि सेवा प्रबाह गर्न लागेको हो । गाँउपालिकाको आधारभुत स्वास्थ्य ईकाइ भबनबाट पहिलो वडाको रुपमा सेवा सुचारु गरेको छ ।

प्रकाशित मिति: १ चैत्र २०७७, आईतवार १७:२२