प्रदूषण घट्यो तर फेरि बढ्ने सम्भावना : वातावरण विभाग

काठमाण्डाै ।

 काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनदेखि बढेको वातावरण प्रदूषण केही कम भएको छ । बुधवार पानी परेपछि प्रदूषण केही घटेको हो । पूरै हट्न भने अझै केही समय लाग्ने वातावरणविद्ले बताएका छन् ।वातावरण विभागका अनुसार आउँदो एक हप्तासम्म नै वातावरण प्रदूषण कायमै रहने देखिएको छ । तत्काल पूरै प्रदूषण हटेर जाने सम्भावना न्यून रहेको विभागका सूचना अधिकारी शङ्करप्रसाद पौडेलले बताउनुभयो।

उहाँका अनुसार अहिले बिस्तारै घट्दै गए पनि अझै केहीदिन प्रदूषण अहिलेकै अवस्थामा कायम रहने छ । ‘अस्तिभन्दा हिजो र हिजो भन्दा आज प्रदूषणको मात्रा घटेको तर पूरै घट्न अझै केही दिन लाग्न सक्छ’ उहाँले भन्नुभयो । पानी परे वा ठूलो हावा चले घटेर जान्छ तर, मौसम यस्तै रहिरहे प्रदूषण कायमै रहने देखिन्छ’ ।

आउँदो सोमवारसम्म प्रदूषणको मात्रा केही कम हुँदै गए पनि फेरि मंगलवारदेखि बढेर जाने विभागको अनुमान छ । अहिले प्रदूषणको मात्रा आपतकालीन अवस्थामा पुगेको छैन तर जोखिम भने कायमै रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, ‘केही मात्रामा घटेको देखिएको छ, तर धेरै घटेको अवस्था छैन।’

तुवाँलोलेझै ढाकिराखेकाले सचेत हुन उहाँको आग्रह छ । तराईलगायत देशका विभिन्न जिल्लामा लागेको डढेलो रोकथाम भए प्रदूषणको मात्रा पनि कम हुँदै जाने विभागको भनाइ छ । केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा गएको शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो ।

  • 3
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close