अपांगता शिविरमा ३९ जना वालवालिकाले सेवा लिए ।

Triveni

सल्यान, २८ चैत्र ।

सल्यानको कपुरकोट गाउँपालिकामा शनिबार सम्पन्न शारीरिक अपांगता भएका बालबालिकाहरुको लागि आयोजना गरिएको स्वास्थ्य तथा अपांगता परिक्षण घुम्ती शिविरमा ३९ जनाले सेवा प्राप्त गरेका छन् । जस मध्ये ६ जनाको शल्यक्रिया र ४ जनाको थप जाँच गर्नुपर्ने देखिएको छ ।

गाउँपालिका र अपांग बाल अस्पताल पुनस्थापना केन्द्र बनेपाको साझेदाररीमा अपांगता भएका वालवालिकाहरुको निःशुल्क शल्यक्रिया तथा थप चेकजाँच गरिने आयोजकले जनाएको छ । शिविरमा ३ जनालाई सहायक सामग्री प्रदान गरिएको थियो ।

अन्य २६ जना वालवालिकाहरुको स्वास्थ्य चेकजाँच तथा औषधि उपचार संगै परामर्श गरिएको विकलांग समुहका सल्यान प्रतिनिधि होमराज केसिले जानकारी दिए । कपुरकोट गाउंपालिका र विकलांग मित्र समूह, अपांग बाल अस्पताल पुनस्थापना केन्द्र बनेपाको आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker