अध्ययन अवलोकनका लागि कपुरकोट आएको पालिकाको टोलिलाई स्वागत

Triveni

सल्यान, ३ बैशाख ।

लुम्बीनी प्रदेशको अर्घाखाँची जिल्ला स्थीत पाणिनी गाउँपालिकाबाट अध्ययन अवलोकनका लागि आएको कर्मचारी टोलिलाई सल्यानको कपुरकोट गाउँपालिकाले स्वागत गरेको छ । पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे लगाएतको कर्मचारी टोलिलाई कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन र निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर शाहीले टिका, माला र खादा लगाएर स्वागत गर्नुभएको हो । सो अवसरमा अध्यक्ष सेनले कपुरकोट गाउँपालिकाले आवश्यक नियम, कानुन निर्माण संगै भौतिक तथा सामाजिक विकासका लागि ध्यान दिएर काम गरिरहेको उल्लेख गर्नुभयो ।

साथै हरेक वडामा हामीले कृषि सडक, कृषि टहरा निर्माण, खानेपानी ब्यवस्थापन, फोहोर ब्यवस्थापन संगै विद्यालयका समस्या समाधान, विद्यालय भवन निर्माण, कृषिलाइ ब्यवस्थीत र आधुनिक बनाउन छुट्टै कृषि मोवायल एप्स, विद्यालयमा महिनावारि हुने छात्राहरुको समस्यालाइ ख्याल गरेर निःशुल्क स्यानेटरि प्याड तथा प्राथमिक उपचारका सामाग्री र औषधिहरु सहित छुट्टै रेष्ट रुमको ब्यवस्था गरिएको बताउनुभयो ।


यस्तै पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे लगाएत ईन्जिनियर मोहराज पौडेल, शिक्षा अधिकृत तेज बहादुर खनाल, आर्थिक प्रशासन शाखा प्रमुख बालकृष्ण आचार्य, आ.ले.प. रामचन्द्र चुदाली लगाएतले आफ्नो गाउँपालिकाले गरेका नमुना कामहरुको बारेमा जानकारी गराउँदै न्यानो आतिथ्यताका लागि कपुरकोट गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै पाणिनी गाउँपालिकाको तर्फबाट अर्खाखाँचीको चर्चित धार्मीक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरको तस्वीर मायाँको चिनो स्वरुप प्रदान गरिएको थियो । स्वागत कार्यक्रमको सहजीकरण कपुरकोट गाउँपालिकाका जीन्सी शाखा प्रमुख देवेन्द्र कुमार सेनले गर्नुभएको थियो ।।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker